उर्लाबारी, १ जेठ । नेपाली कांग्रेसको भाृत संगठन नेपाल लोकतान्त्रिक आदिवासी महासंघको क्षेत्रिय अधिवेसन अन्योलमा परेको छ ।
मोरङ क्षेत्र-१ मा रहेका ४ पालिकाको ३७ वडामा पालिका स्तरिय अधिवेसन सम्पन्न गरेर क्षेत्रको अधिवेसनको मिती तोकेपनि क्षेत्रिय अधिवेसन भने पटक-पटक सर्ने गरेको छ ।
कांग्रेसको मेरुदण्डका रुपमा रहेका विभिन्न १३ भातृ संगठनहरुमध्येको आदिवासी महासघको क्षेत्रिय अधिवेसन पटक-पटक मिती तोकेर काग्रेसको क्षेत्रिय नेतृत्व र जिल्ला नेतृत्वले पटक-पटक सार्ने गरेको कांग्रेसी कार्यकर्ताहरुले बताएका छन् ।
पार्टीको क्षेत्रिय नेतृत्वले अधिवेसनको पहिलो मिती गत वैशाख १४ गतेका लागि केराबारीमा हुने भनेर मिती तोकेको थियो । केराबारीमा हुने भनिएको अधिवेसनमा क्षेत्रिय सभापतिमा केराबारीका विमल राई र उर्लाबारीका विनोद राईले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
दुवै उम्मेदवारले आ-आफ्नो उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मतीका लागि क्षेत्रिय नेतृत्व र जिल्ला नेतृत्वले पहल गरेपनि सहमती जुट्न नसकेपछि दुवै नेतृत्वको सहमतिमा अधिवेसनको अर्को मिती बैशाख २८ गतेलाई तोकिएको थियो।
वैशाख २८ गते हुने भनिएको अधिवेसन तोकिएको समयमा गर्न नेतृत्वले आनाकानी गरेपछि आदिवासी महासंघको अधिवेसन कहिले हुने भन्नेमा अन्योलता छाएको छ ।
विषेश सुत्रका अनुसार आदिवासी जनजाती महासघको निर्वाचनमा केराबारी र उर्लाबारीबाट नेतृत्व गरेर सभापतिको उम्मेदवार बनेका विमल राई र उर्लाबारीका विनोद राई मध्ये भोटिङ हुदा उर्लाबारीका राईको पक्ष बलियो देखेपछि क्षेत्रिय नेतृत्व र जिल्ला नेतृत्वले आफु अनुकुल बनाउन मिती सार्ने गरेको आरोप कार्यकर्ताको छ ।
बर्तमान समयमा नेपालका ठुला पार्टीहरु प्रति आम जनताको चासो र भरोसा घट्दो क्रममा रहेका बेला नेतृत्वपंक्ति पटक-पटक अधिवेसनको मिती तोक्दै सार्दै गर्नुले कांग्रेस पार्र्टी प्रतिको चासो र भरोसा कमी आउनुका साथै कार्यकर्ताहरुमा निराशा पैदा हुदै गएको कांग्रेसीहरु बताउछन् ।
अभिवेसनको मिती पटक-पटक सरेपछि हामीले नेपाली काग्रेस मोरङका क्षेत्रिय सभापति शंकर राईलाई मिती के कारण सरेको हो भनेर प्रश्न गर्दा सभापति राईले भन्नुभयो-‘अहिले हामिले क्रियाशिल नविकरणमा ध्यान दिने बेला आएको छ, आदिवासीको मात्रै नभएर सावै भातृ संगठनको गर्नुपर्ने छ, सवैको एकै चोटी गर्ने भनेर हामीले हिसाव गरेका छौ, त्यही अनुसार गर्ने हो।’ भनेर जवाफ दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय