उर्लाबारी-३ मंगलबारेमा जारी प्रथम मंगलबारे च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा बुढासुब्बा युथ क्लव विजयी भएको छ ।

मंगलबार बुढासुब्बाले आयोजक मंगलबारे फुटबल क्लव(रातो) लाई १-० को गोलअन्तरले हराएको थियो । बुढासुब्बाको जितको लागि पहिलो हाफको ७औं मिनेटमा जर्सी नम्बर १४ का रुपेश माझीले गरेको गोल नै सो खेलको निर्णायक बनेको थियो ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले माझीलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भए ।

मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा आईतबारखी सुरु भएको सो प्रतियोगिता आगामी जेठ १५ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागीता रहेको आयोजक क्लवका अध्यक्ष पपिन राईले बताए ।

उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीका उपाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको चौथौं दिनको खेल बुधबार आयोजक मंगलबारे फुटबल क्लव(निलो) र मिक्लाजुङ जी-११ बीच दिउसो ३ बजेदेखी संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय