उर्लाबारी, ११ जेठ । मोरङ जिल्लामा विराटनगर बाहिर सवै भन्दा बढी विमित विरामीको चाप भएको अस्पतालका रुपमा हेरिदै आएको ‘मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर’ मा पटक-पटक स्थानिय र अस्पताललमा कार्यरत कर्मचारी विच विवाद उत्पन्न भई रहन्छ ।
यस अस्पतालमा कहिले राम्रो सेवा नपाएको विषयमा विवाद उत्पन्न हुन्छ भने कहिले विमित सेवाग्राहीले औषधी नपाएको त कहिले १ पर्ष देखी विग्रीएर थन्कीएको टोकन मेसिन मर्मत नगर्दा लम्वे लाईन बस्नु पर्‍यो पालो मिच्चियो भन्ने वियषमा सेवाग्राही अस्पताल प्रति आक्रोस पोखीरन्छन् ।
सेवाग्राहीको आक्रोस र विवादै विवादका विचमा संचालन भईरहेको यस अस्पतालको सेवालाई प्रभावकारी बनाउनु पर्छ भनेर बेलाबखतमा स्थानियहरुले आवज उठाउदै पनि आएका छन् ।
तिनै आवाज उठाउने मध्येका २ जना व्यात्तिहरु सुमन श्रेष्ठ र पिपलराज गिरी पछिल्लो समय डाक्टर माथी कुटपिट गरेको विषयलाई लिएर थुनामा रहेका छन् भने डाक्टर सग मुक्कामुक्की गरेका मुख्य व्याक्ति सानु रोक्का अझै सम्म फरार रहेका छन् ।
युवाहरुको समुहले डाक्टर ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेपछि बुढाथोकीले गत आईतबार ईलाका प्रहरी कार्यालय उर्लाबारीमा सानु रोक्का, सुमन श्रेष्ठ र पिपलराज गिरीको नाममा किटानी जाहेरी दिएका थिए । डाक्टरले जाहेरी दिएपछि दोषिलाई यथाशक्य चाडो पक्रेर कानुनी कार्वाहीको माग गर्दै अस्पतालका कर्मचारीले चरणबद्ध आन्दोलनमा होमिए ।
आन्दोलनकै क्रममा उनिहरुले शान्तिपुर्वक काम गर्ने बाताबरण नभएको, सुरक्षाको प्रत्याभुति नभएको र डाक्टरमाथी कुटपिट गर्ने समुह पक्राउ नपरेको भन्दै बुधबार ओपीडी सेवा पुणर् रुपमा बन्द गरेर आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित बनेको थियो ।
अस्पतालको ओपिडी सेवा पुणर् रुपमा बन्द हुदा सेवाग्राही नै आन्दोलित कर्मचारी प्रति टिकाटिप्पणीमा ओर्लिएका थिए । सोही विचमा फरार भनिएका ३ मध्ये श्रेष्ठ र गिरी पक्राउ परेपछि शुक्रबार देखी अस्पतालको ओपिडी सेवा सुरु भएको छ । अस्पतालको ओपिडी सेवा सुरु भएपनि कर्मचारीको आन्दोलन सकिएको हो या बाकी नै छ भन्ने बारेमा भने अस्पतालले प्रस्ट जानकारी दिएको छैन ।
भने गत जेठ २ गते बुधबार राति अस्पतालको आक्समिक कक्षमा सानु रोक्का र डाक्टर बुढाथोकी विच भएको विवादकै कारण जेठ ३ गतेको घटना भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरीटेण्डेड डाक्टर रवि कुमार शाहले भन्नुभयो-अस्पतालको आक्समिक कक्षमा भएको विवाद बारे हामी जानकार छौ, त्यो भन्दा बाहीरको विषय हामीले सुनेका हौ, आक्समिक कक्षमा भएको विवाद बारे निवेदन परेको छ, अहिले अस्पताल व्यावस्थापन समिती नभएको अवस्था छ, व्यावस्थापन समिती आएपछि हामी यस विषयमा बसेर छलफल गरी आवश्यक कार्वाही गछौँ।’
डाक्टर शाहले थप भन्नुभयो-‘ निवेदन दिईसकेपछि त्यसको प्रक्रिया अगाडी बढ्थ्यो नै तर उहाहरुले क्षणि, आवेग र उत्तेजनामा आएर डिउटी समयमा रहेका डाक्टरमाथी अघिल्लो दिनको घटनालाई लिएर साङघातिक हमला गर्नु कानुन सम्वत थिएन र हैन पनि।’
अस्पतालको प्रवेश द्वारमा ठुला अक्षरमा ‘मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर’ लेखिएको भएपनि ट्रमा सेन्टरमा सेवाग्राहीले डाक्टरको सेवा बाहेक यन्त्र उपकरण पद्धतिबाट पाउनु पर्ने एण्भान्स सेवा नपाईने भएका कारण सेवाग्राही र स्थानियहहरु अस्पताल प्रती रुष्ट छन्,।
सामान्य ट्रमा सेन्टर संचालनको एउटा आधारभुत उपकरण सिटी स्क्यान मेसिन हो, तर त्यो सिटी स्क्यान मेसिन ट्रमा सेन्टर घोषणा भएको ४ वर्ष विति सक्दा समेत आएको छैन ।
हाडहडड्ी भाचिएर टोउकोमा चोटपटक लागी ट्रमा सेन्टरमा उपचार गराउन विरामी आए भने विरामीको सिटी स्क्यान गराउन झापाको दमक, विराटनगर अथवा नजिकैका प्राईभेट अस्पाताल धाउनु पर्ने बाध्यता विरामीहरुलाई छ ।
चार बर्ष अघि कोशी प्रदेशका तत्कानिल मुख्यमन्त्री शेरधन राईको पालामा प्रदेशकै गौरवको आयोजना भन्दै साविक मंगलबारे अस्पतालको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर’ बनाएको थियो ।
सो बेला स्थानियहरुले सेवा दिने सस्थालाई आमुक पार्टीको नेताको नामसग जोड्न नहुने भन्दै आन्दोलन गरे तर त्यो आन्दोलन त्यतिकै तुहियो । नाम परिवर्तन गरेर तत्कालिन सरकारले अस्पतालमा आमुक पार्टीका नेताको नाम जोडेर राजनितीक रंगको लेप लाएदेखीनै नाम अनुसार काम नहुदा स्थानिय रुष्ट, त्यसकै चपेटामा अस्पतालका कर्मचारी र प्रशासकहरु बेलाबखतामा पर्ने गरेको स्थायिनहरु अगुवाहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय