उर्लाबारी, १४ जेठ । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत डाक्टर ब्रोमिस बुढाथोकीमाथी अस्पताल प्रशासनले एक्सन लिने भएको छ ।
गत जेठ २ अस्पतालमा दुर्घटना भएर आएका २ जना घाईतेहरु मौसम मगर र पर्वत सिटौलालाई धाकधम्की दिएपछि स्थानियले डाक्टर बुढाथोकीलाई सम्झाउने क्रममा अश्लील बोल्दै घाइते र स्थानियमाथी उनी जाईलागेको विषयमा छलफल गर्न अस्पताल प्रशासनले जेठ १५ गतेका लागि बंैठक बोलाउने भएको छ ।
जेठ २ कै घटनालाई लिएर डाक्टर बुढाथोकीमाथी जेठ ३ गते दिउसो मंगलबारे चौकमा स्थानिय सानु रोक्काले उनिमाथी हातपात गरेका थिए ।
रोक्काले उनिमाथी हातपात गरेपछि रोक्का सगै पुगेका स्थानिय सुमन श्रेष्ठ र पिपलराज गिरी समेतले आफु डिउटी टाईममा रहेको अवस्थामा साङघातिक हमला गरे भन्दै डाक्टर बुढाथोकीले जेठ ६ गते ईलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले जाहेरी परेका मध्ये श्रेष्ठ र गिरीलाई जेठ ९ गते पक्राउ गर्‍यो । कुटपिटमा समल्गन मुख्य व्याक्ति रोक्का अझै सम्म फरार नै छन् ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा डाक्टरले घाईते र स्थानियहरुमाथी अमानविय व्यावहार गरेको भन्दै आईतबार करिव सय जनाको संख्यामा स्थानियहरुले अस्पतालका मेसु रवि कुमार शाहलाई भेटेर जेठ २ गरे रातिको सिसिटिभी फुटेज माग गर्नुका साथै डाक्टरमाथी कार्वाही गर्न लिखित निवेदन दिएका थिए ।
स्थानियहरुले जेठ २ गतेको घटनाका बारेमा छानविन हुनुपर्छ भनेर निवेदन दिएपछि अस्पताल प्रशासनले डाक्टरमाथी छानविन गरेर आवश्यक कार्वाही गर्न भोली मंगलबार बैठक बस्ने अस्पतालका मेसु डाक्टर रविकुमार शाहले बताउनु भयो ।
घटना यसरी घटेको थियोः-
गत जेठ २ गते बुधबार राती करिव ८ः३० बजे उर्लाबारी-३ नयाँ मंगलबारेमा पश्चिमबाट पुर्व आउदै गरेको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा रहेका डाक्टर बुढाथोकीलाई ठक्कर दिएको थियो ।
मोटरसाईकलले ठक्कर दिएपछि मोटरसाईकलमा सवार झापाका मौसम मगर र पर्वत सिटौला सहित डाक्टर बुढाथोकी सामान्य घाईते बनेका थिए ।
मोटरसाईकलले बुढाथोकीलाई ठक्कर दिएपछि ओक्रोसित बनेका बुढाथोकी र मोटरसाईकलमा सवार युवाविच विवाद उत्पन्न भएपछि घटना स्थलमा पुगेका स्थानियहरुले उनिहरुलाई छुट्याउने प्रयास गर्दा डाक्टर बुढाथोकी नै स्थानिय माथी एक्सनमा ओर्लिएपछि उनको एक्सनको रियाक्यसनमा एक स्थानिय महिला परेकी थिईन ।
महिला माथी हातपात भएपछि स्थानियहरु डाक्टरमाथी जाईलागेका थिए त्यसै विचमा घटना स्थलमा प्रहरी पुग्यो र घाईते दुवै जनालाई उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लिएर आयो ।
अस्पतालमा घाईतेको उपचार गराउदा गराउदै अस्पताल आईपुगेका डाक्टर ब्रोमिसले तथानाम मनपरी बोल्दै अस्पतालको आकस्मीक कक्षमा प्रवेश गरेको र स्थानियहरुले किन यस्तो बोलेको भनेर सम्झाउने क्रममा स्थानिय सानु रोक्का सग लफडा परेको प्रतक्ष्यदर्शी डेभिड क्षेत्रिले बताए ।
क्षेत्रिले भने डाक्टरले गरेको हर्कतको प्रतक्ष्य दर्शी म मात्रै हैन घाइतेलाई उद्धार गरी लाने अस्थायी प्रहरी चौकी मगलबारेका सहायक हवल्दार धर्वेन्द्र शाह, आक्समिक कक्षमा रहेका अस्पतालका अन्य कर्मचारी पनि छन् ।
रिसले मुर्मुरीएको अवस्थामा अस्पताल आईपुगेका डाक्टर बुढाथोकीले अस्पतालको ईमर्जेन्सीमा उपचाररत ती युवकहरुलाई अश्लिल शब्दले गालीगलौज गर्दै कुट्न झम्टिए पछि स्थानिय सानु रोक्काले किन यस्तो बोलेको भनेर सम्झाउन खोज्दा डाक्टर बुढाथोकी उनि माथी नै झम्टीएपछि अस्तातलको आक्समिक कक्ष केही बेर होहल्ला र अशान्त बनेको अस्पतालको सिसि टिभी क्यामेरामा कैद छ ।
सोही क्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोली त्यहा पुगेपछि आक्समिक कक्षको विवाद र लफडा शान्त भएको थियो । ईलाकाको टोली पुगेपछि डाक्टर ब्रोमिस र साने रोक्का विचको विवाद शान्त बनेको थियो ।
अवस्था सामान्य बनेपछि प्रहरीले घाईतेहरुको उपचार गराएको थियो उनिहरुको उपचार सकिएपछि डाक्टर बुढाथोकीले राती नै उनिहरु सग क्षमायाचना गरेर डिस्चार्ज गरिएको थियो ।
डाक्टर बुढाथोकीले पनि आफुलाई बाईकले ठोकेपछि आक्रोसमा आएर लफडा भएको स्विकारेका छन् ।
त्यसको भोलिपल्ट दिउसोको समयमा सानु रोक्का सहितको समुहले डाक्टरलाई हातपात गरेका थिए । उनिहरुले हातपात गरेपछि डाक्टरले डिउटी समयमा भएको डाक्टरमाथी हातपात भयो भन्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएका थिए ।
सोही विचमा डाक्टर माथी पनि दुर्घटना स्थलमा डाक्टरको रियाक्सनमा परेकी महिलाले आफुमाथी हातपात भएको र मोबाईलमा क्षति पुगेको भन्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीमै उजुरी दिएकी थिईन ।
महिलाको उजुरी बमोजिम ईलाका प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्ष विच सहमति भएपछि बुढाथोकी र महिला विचको लफाडा सकियो । महिलाले डाक्टर ब्रोमिसमाथी फिर्ता लिएर मेलमिलापको बाटो रोजिन ।
महिलाले उजुरी फिर्ता लिएपछि डाक्टर ब्रोमिस जेठ ६ गते सानु रोक्का, सुमन श्रेष्ठ र पिपलराज गिरीमाथी किटानी जाहेरी दिएका थिए । बुढाथोकीले किटानी जाहेरी दिएपछि प्रहरीले उनिहरुलाई खोजिको सुचिमा राखेर निगरानी गरीरहेको थियो तर यसै विचमा फेरी डाक्टर बुढाथोकीकै नेतृत्वमा अस्पतालका कर्मचारीहरुले हातपात गर्नेहरुलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गर्दै एक जेठ ८ गते घण्टा र जेठ ९ गते बुधबार पुणर् रुपमा अस्पतालको ओपिडी सेवा बन्द गराए पछि सेवाग्राहीहरु मर्कामा परेका थिए । सोही विचमा किटानी जाहेरी परेका मध्ये श्रेष्ठ र गिरी पक्राउ परेपछि जेठ ११ गते शुक्रबार देखी अस्पतालको ओपिडी सेवा सुचारु भएको छ ।
अस्पतालको ओपिडी सेवा सुरु भएपनि डाक्टरको स्वभाव रिसा, झन्की र ईगो साध्ने खालको भएको र अस्पतालमा उपचार गराउन आउने स्थानिय र अन्य विरामीहरु उनिसग सुरक्षित नहुने भन्दै आवश्यक कार्वाहीको माग गर्दै आईतबार स्थानियहरुले उनमाथी कार्वाहीको माग गर्दै डेलिगेसन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय