उर्लाबारी, १५ जेठ । मोरङको उर्लाबारीमा रहेको अरनिको हस्पिटल प्रा.लि. आफ्नो १० औं बार्षिक उत्सवको उपहार स्वरुप ‘सिटी स्क्यान सेवाको विस्तार’ गर्ने भएको छ।
विराटनगर बाहिर मोरङ जिल्लामा रहेका निजी स्तरका अस्पतालहरु मध्ये सेवाग्राहीहरुलाई सर्वसुलभ रुपमा सेवा दिदै आएको यस अस्पतालले आफ्नो १० औँ बार्षिक उत्वसवको अवसरमा विरामीहरुको सेवालाई थप प्रभावकारी बनाउन सिटी स्क्यान सेवाको विस्तार गर्न लागेको अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्वुले बताउनुभयो ।
लिम्वुले भन्नुभयो विरामीको सेवालाई थप प्रभावकारी र उपचार पद्धतिलाई सरल बनाउन अस्पतालले आईसियु, एनआईसियु सेवाको विस्तार गरी सकेको भएपनि सिटी स्क्यान सेवा लिने सेवाग्राहीहरुले सो सेवा लिन झापा र विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य गरी स्थानिय स्तरमै सेवाग्राहीलाई लाभ दिने उद्देश्यका साथ सेवाको विस्तार गर्न लागिएको बताउनुभयो ।
यस्तै १० औँ बार्षिक उत्वसकै अवसरमा मंगलबार अस्पताल प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको अस्पतालले जनाएको छ । रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाईटी उर्लाबारी शाखाले सहजीकरण गरेको थियो ।
अस्पतालले आफ्नो १० औँ वार्षिक उत्सवमा अस्पतालको विभिन्न विभागमा रहेर उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुलाई समेत सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय