उर्लाबारी, १६ जेठ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइनेमा परेको छ ।
कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । उक्त रिट आज हेर्न नभ्याइने सुचिमा परेको हो ।
कार्कीले मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय