कानेपोखरी, १७ जेठ । मोरङको कानेपोखरीमा ७ दिने लागू लौषध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कानेपोखरी गाउँपालिकाको सहयोगमा आदर्श समाज कानेपोखरीले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा आदर्श समाज कानेपोखरी गाउँपालिकाका ७ वटै वडामा रहेका विद्यालयका विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको समाजले जनाएको छ ।
यस सस्थाले पालिकाका सामाजिक विषय बस्तुमा केन्द्रित भएर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको सस्थाका अध्यक्ष प्रकाश कोइरालाले बताए ।
कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले लागू औषध सेवनले समाजमा भय, त्रास र द्वन्द निम्त्याउने बताउदै पालिकालाई लागुऔषध मुक्त पालिका बनाउन आगामी आर्थिक वर्षमा पालिकाले थप बजेट व्यावस्थापन गरी नया कार्यक्रम ल्याउने बताउनुभयो ।
ADVERTISEMENT