उर्लाबारी, १९ जेठ । पुर्वी मोरङमा रहकोे उर्लाबारी नगरपालिका सिमसारको शहरका रुपमा परिचित छ पालिका हो ।
यस पालिकामा बेतिनी, लामपाते, बुढाठाकुर, र बाँसेचौरी गरी करिव आधादर्जन सिमसार क्षेत्रहरु रहेका छन् यिनै पर्यटकिय क्षेत्रहरुले उर्लाबारीको पहिचान र गरिमालाई पनि बोकेको छ ।
सिमसारयुक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले सिमसार क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउन गुरुयोजना बनाएर अघि बढ्ने लक्ष्य समेत लिएको छ ।
यस क्षेत्रको उचित ब्यवस्थापनका लागि वडा बाट बजेट विनियोजन गरी अपुग रहेको रकम जुटाउन स्थानिय पालिका, प्रदेश सरकार र संघीय सरकार सग बजेट माग गरी आफ्नो बडामा रहेका सिमसारको विकासमा लागि परीरहेको उर्लाबारी नगरपालिका वडा नम्वर-२ का वडाध्यक्ष कुमार कडेल बताउनु हुन्छ ।
कडेलले भन्नुभयो-‘उर्लाबारीको सास्कृतिक महत्व, गरिमा र स्थानिय सरकारको आन्तरिक आम्दानीको दर्विलो स्रोतहरु मध्ये सिमसार युक्त क्षेत्रहरु पनि एक हुन यस्ता क्षेत्रहरुको विकासमा सवै तहको सरकारले उचित व्यवस्थापनका लागि ध्यान दिन सके उर्लाबारीको चिनारीलाई उचाईमा पुर्याउन महत्वपुणर् भुमिका निर्वाह हुने थियो।’
पूर्वपश्चिम राजमार्गमा देखी करिव ४.५ किलोमिटर उत्तरमा रहेको सुनझोडा सामुदायिक वन क्षेत्रभित्र पर्ने १५ हेक्टर क्षेत्रफलमा फैलिएको बासेचौरी सिमसार पछिल्लो समयमा आन्तरिक पर्यापर्यटनको रोजाईको केन्द्र बन्दै गएको छ ।
हरियाली बताबरणको आनन्द लिन र ढुङगामा पकाएको रसिलो बंगुरको मासु खान मनपराउने पारखीहरुले दैनिक जसो यो ठाउ खचाखच भरिने गरेको छ ।
एकान्त वातावरणमा रहेको यस क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकको ध्यान यहाको ठूलो हरियाली चौर, घाँसे मैदान र स्थानिय जातको ढुङगामा पोलेको बंगुरको मासुले खिच्ने गरेको आगन्तुकहरु बताउछन् ।
नेपालको चारकोसे जंगलभित्र रहेको यो सिमसार क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकहरु गर्मीको समयमा सितलता लिन र प्राकृतिक बाताबरणमा रमाउन आउने क्रम लोभलाग्दो भएपछि सानो बासको कटेरोमा थोरै लगानीका साथ बंगुरको पोलेको मासुको व्यावसाय थालेकी स्थानिय सिता धिमाल अहिले उक्त व्यावसाय बाट दैनिकी घर चलाउन र छोराछोरीलाई विद्यालय पढाउन खर्च जोहो हुने गरेको बताउछिन् ।
सुनझोडा सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको यो सिमसार क्षेत्र आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ । वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानीलगायतको ब्यवस्थापनका लागि उर्लाबारी नगरपालिका वडा नम्वर-२ ले बजेट विनियोजन गरी आवश्यक पुर्वाधार निर्माणमा जोड दिएको छ ।
एकान्त र सुनसान बातबरणमा रमाउन आउने आन्तरिक पर्यटकको निरन्तरतालाई जोगाई राख्न स्थानिय सरकारले सिमसारको बृहत्तर विकासका लागि गुरुयोजना बनाएर पाकृतिक सौन्दर्यतालाई निखार्न सके उर्लाबारी नगरपालिकाको आन्तरिक आयस्रोतको राम्रो माध्यम बन्ने सुनझोडा सामुदायिक वनका अध्यक्ष बल बहादुर धिमाल बताउनु हुन्छ ।
दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुने गरेको छ ।