उर्लाबारी, २३ जेठ । हरेक वर्ष जुन ५ तारिकका दिन विश्वभर मनाउदै आइएको विश्व वातावरण दिवशको अवसरमा मोरङ मोडल र संचार क्लवको सहकार्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिका–६ मा रहेको मोरङ मोडल आवाशिय माध्यमिक विद्यालय र संचार क्वल नेपालको सहकार्यमा संचार क्वलवको भवन निर्माण स्थलमा रहेको खाली जंग्गामा बृक्षारोपण गरीएको हो ।
हरेक वर्ष जुन ५ तारिकका दिन वतावरण संरक्षण गर्ने हेतुका साथ विश्व भर विश्व वातावरण दिवश मनाईदै आएको छ ।
नेपालमा भने यस वर्ष ‘‘हाम्रो भुमी हाम्रो भविष्य भन्ने नाराका साथ देशै भरी विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
सोही अवसरमा विद्यालय र क्वलको सहकार्यमा उर्लाबारीको सिद्धेश्वर बाबाधाम र क्वलको भवन निर्माण स्थलको वरीपरी टिक, सिमल, सिरीस, अम्वक र अमला प्रजातीका गरी १ सय ७० विरुवमा रोपिएको हो ।
२०३७ सालमा स्थापना भएको मोरङ मोडल विद्यालय उर्लाबारीकै अग्रणी शैक्षिक सस्था हो ।
विद्यालयतह देखी स्नातकतह सम्म अध्ययन हुने यस विद्यालयमा करिव १ हजार ४ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ७० जना कर्मचारी कार्यरत रहेको विद्यायका प्रिन्सीपल सन्दिप पौड्यालले बताउनुभयो ।
बृक्षारोपण कार्यक्रममा विद्यालय संयोजक भुपाल काफ्ले, प्रशासन प्रमुख मात्रिका प्रशाद खतिवडा, समाजसेवी जयधर्म आर्चाय, संचार क्वलका सस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडा, क्वलका अध्यक्ष कुमार खड्का, महासचिव तिलक वर्देवा, अग्रज पत्रकार हरि कोईराला, नेपाल पत्रकार महासङ्गका सदस्य तेजन खड्का

ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोली सहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय