दिपेश रोक्का ।
कानेपोखरी , २६ जेठ । मोरङको कानेपोखरीमा रहेको ऐतिहासिक स्थल पोखरीमा ‘कानीबेराङको शालिक’ स्थापनाको वार्षिक उत्वसवमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
शालिक स्थापना भएको वार्षिकोत्सबको अवसर पारी कानीबेराङ संरक्षण समिति, रमाइलो डाइग्नोस्टिक र चेतना मिडिसिन सेन्टरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम, बिरुवा रोप्न्ने कार्यक्रम, पोखरीमा माछाको भुरा छाड्ने कार्यक्रम गरी वार्षिक उत्सव मनाईएको हो । साथै सोही दिन कानीबेराङको स्थायी मुर्र्ती बनाउन आर्थिक संकलन समेत गरीएको कानीबेराङ संघर्ष समितीका संयोजक प्रकाश धिमालले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कोचिला मुक्तिमोर्चा का संयोजक ममता दाजपुरीयाले कानीबेराङको शालिक संरक्षण तथा यसको मुर्र्ती निर्माणको लागि स्थानीय सरकारले आवस्यक पहल गर्नु पर्ने बताईन । वार्षिकोत्सबको अवसरमा ७ केजि माछा , ७) वटा बिरुवा ११ प्रीन्ट रगत संकलन गरिएको थियो ।
कार्यक्रममा समाजसेवी तथा कानीबेराङ संघर्ष समितिका सदस्य , राजनैतिक दलका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT