उर्लाबारी, २६ जेठ । मोरङको उर्लाबारीमा सवारी दुर्घटनामा परी १२ जना घाईते भएका छन् ।
उर्लाबारी नगरपालिकाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी घाईते हुने हरुको संख्या पछिल्लो ५ दिनमा १२ पुगेको छ ।
जेठ २१ गते करिब ६ः ३० बजे पुर्वपश्चिम राजमार्ग स्थित उर्लाबारी–मगलबारे सडक खण्डको आईतबारेमा भएको सवारी दुर्घटनमा परी ५ जना घाईते भएका थिए ।
साझको समयमा उर्लाबारीबाट मंगलबारे तर्फ काठ बोकेर जादै गरेको प्रदेश १–०१–००१ ह ९००८ नम्वरको सिटी सफारीलाई विपरीत दिशाबाट आउदै गरेको प्रदेश १–०१–०१३ प २०७१ नम्वरको मोटरसाईकलले अनियन्त्रीत भई ठक्कर दिदा सिटी सफारी चालक उर्लाबारी–२ बस्ने सिजक कुमार धिमाल, मोटरसाईकल चालक उर्लाबारी–३ बस्ने वर्ष ३५ का विकाश बास्तोला र मोटरसाईकलको पछाडी सवार उर्लाबारी–५ का बस्ने बर्ष ५९ तेजन राजवंशी घाईते बने ।
सिटीलाई ठक्कर दिएर अनियन्त्रीत बनेको मोटरसाईक पुनः सोही दिशाबाट आउदै गरेको को ३६ प ५९८५ नम्वरको मोटरसाईकलमा ठोक्किन पुग्दा मोटरसाईकलमा सावर झापाको दमक नगरपालिका–४ बस्ने वर्ष ४१ का विचारी पाण्डे गरी ५ जना घाइते बने ।
घाइतेहरुमध्ये मोटरसाईकल चालक बास्तोलाको दाहिने हात खुट्टामा चोट लागेको छ भने मोटरसाईकलमा सवार राजवंशीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ यस्तै अर्का मोटरसाईकल चालक पण्डेको दाहिने हात र खुटामा चोट चोट लाग्नुका साथै सिटी सफारी चालक धिमालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नोवेल अस्पताल र मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै जेठ २४ गते दिउसो करिव २ बजेको समयमा उर्लाबारी–३ मगरबारेमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्री घाईते बनेका छन् ।
उर्लावारीबाट पथरी तर्फ जाँदै गरेको प्र–१–०४–००१ प ८६८४ नम्वरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्री मोरङ पथरीशनिश्चरे–५ बस्ने ४६ वर्षिया पदम खड्का घाईते भएका थिए ।
घाईते खड्काको दाँहिने हात, गाला कुईनोमा चोट लागेको थियो । उनको हाल आर्या न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने स्कुटीमा सवार स्कुटी चालक रतुवामाई नगरपालिका–६ बस्ने वर्ष ६५ का सन्त बहादुर मगर र उनकी श्रीमती वर्ष ६० की दिल कुमारी मगरको निधार, घुडा र हातमा चोट लागेको थियो । उनिहरुको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
यस्तै जेठ २५ गते राति करिव ८ः ५० बजेतिर पुर्वपश्चिम राजमार्गको उर्लाबारी मगलबारे सडक खण्डको आईतबारेमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदा उर्लाबारी–४ का महेश कुमार विश्वकर्मा घाईते बनेका थिए ।
मगलबारेबाट उर्लाबारी तर्फ आउदै गरेको को १९ प ६२३२ नम्वरको स्कुटरले विश्वकर्मालाई ठक्कर दिएको हो । स्कुटरको ठक्करबाट घाईते विश्वकर्माको निधारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । यस्तै स्कुटर चालक उर्लाबारी–६ बस्ने वर्ष ३७ का राजकुमार बराल पनि घाइते बनेका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । हाल उनिहरुको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका सवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सोही दिन भएको अर्को दुर्घटनामा परी अर्का एक व्यात्ति घाईते बनेका छन् ।
राति करिव ९ः३५ बजेको समयमा उर्लाबारी मधुमल्ला सडक खण्डको टप्पुमा भएको मोटरसाईकल दुर्घटनामा उर्लाबारी–१ का प्रदिप बस्नेत र मोटरसाईकलमा सवार सन्देश तिम्सीना घाईते घाईते भएका छन् ।
रातिको समयमा बस्नेतले कुदाएको मे ४ प ८८७७ नम्वरको मोटरसाईकल आफै अन्यिन्त्रीत हुन पुग्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बस्नेतको टाउको र तिम्सीनाको खुट्टामा चोट लागेको छ । उनिहरु दुवैको अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
५ दिनको अन्तरालमा उर्लाबारीमा भएको सवारी दुर्घटनामा परी ११ पुरुष र १ महिला गरी १२ जना घाईते बनेको र ७ वटा सवारी क्षति ग्रस्त भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
ADVERTISEMENT