
उर्लाबारी, ३० जेठ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर–६ का ६ सय १३ सय जनाले निः शुल्क स्वाथ्य लाभ लिएका छन् ।
उर्लाबारी नगरपालिका वडा नम्वर–६ को आयोजनामा संचालन भएको निः शुल्क स्वास्थ शिविरबाट स्थानिय वडाबासी र पालिका वासीले स्वास्थ्य लाभ लिएका हुन।




नोवेल शिक्षण अस्पतालको प्राविधि सहयोगमा सञ्चालित एक दिने स्वास्थ्य शिविर कार्यक्रमले करिव ५ सय जना लाभावन्धित भएको वडा नम्वर–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताउनुभयो ।
पौडेलले भन्नुभयो–‘नोवेल अस्पतालमा कार्यरत विभिन्न १२ वटा विभागका विशेषज्ञ डाक्टरहरुको टोली र ल्याव परिक्षण सहितको टोलीले सेवा दिएको हो, स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउदा अस्पताल जानै पर्ने खालका विरामीहरुलाई समेत अस्पतालले दिने सेवामा २५ प्रतिशत छुट सहितको व्यावस्थापन गरेर शिविरको आयोजना गरेका हौ ।’
शिविरमा जनरल फिजीसियन तथा छाला रोग को १९६ विशेषज्ञको सेवा १९६ , प्रशुति तथा स्त्री रोगको सेवा ६६, जोर्नी तथा नशा रोग विशेषज्ञ को सेवा १२३ , सल्यक्रिया तथा नाक कान घाटी रोग विशेषज्ञ को सेवा ९१ , दन्त रोग रोग विशेषज्ञ को सेवा ६२ , बाल रोग रोग विशेषज्ञ को सेवा ३३ , आखा रोग विशेषज्ञ को सेवा १६४ , मुटु रोग ( ईसिजि) सेवा ८१ विशेषज्ञ डाक्टर सहितको टोलीले सेवा दिनुका साथै ल्याव परिक्षण १२१ र भिडियो एक्सरेको सेवा १२२ जानाले लिएको नोवेल मेडिकल कलेजका मार्केटिङ अधिकृत नविन दाहालले बताउनु भयो ।
शिविरमा नगरपालिकाको सहयोगमा निशुल्क औषधी समेत वितरण गरीएको थियो।
स्वास्थ्य शिविरर उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेवी खतिवडाको प्रमुख आथिथ्यतामा भएको थियो ।