ताप्लेजुङ, ३२ जेठ ।  ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छिन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् । सिंवा प्रहरी चौकी र मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको डीएसपी रावलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय