उर्लाबारीमा जारी प्रथम नगरस्तरिय मिस एसईई २०८१ को फाईनल राउण्ड शनिबार हुने भएको छ । भोली साँझ ४ बजेदेखी उर्लाबारी -७ स्थित उर्लाबारी पार्टि प्यालेसमा एक भव्य समारोहबिच सो ईभेण्टको फाईनल राउण्ड आयोजना हुनेछ ।

उर्लाबारीथित ब्लुम डिजिटल स्टूडियोको आयोजनामा गत वैशाख २४ गतेदेखी सुरु भएको सो ईभेण्टमा १६ जनाले सहभागीता जनाएको ईभेण्ट व्यवस्थापक जिवन चिमरीयाले जानकारी दिए ।

यस्तै सहभागीमध्ये ११ जना फाईनलमा छनौट भएको उनले जानकारी दिए ।

उर्लाबारीस्थित उर्लाबारी वर्ल्ड एकेडेमीको मुख्य प्रायोजन रहेको सो ईभेण्टको व्यवस्थापन सेन्ट्रल फेसन हब उर्लाबारी शाखाले गर्दै आएको छ ।

एसईई दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास गरी उनीहरुको उच्च शिक्षामा सहयोग पुर्याउने हेतुले सो ईभेण्ट आयोजना गरिएको फेसन हब उर्लाबारी शाखाका व्यवस्थापक चिमरीयाले जानकारी दिए ।

सो ईभेण्टमा विजेता बन्ने मिस एसईई २०८१ लाई शतप्रतिशत छात्रवृत्तीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै अन्य सहभागीहरुलाई समेत उच्च शिक्षाको लागि ५० प्रतिशतसम्म छात्रवृत्तीको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

सो छात्रवृत्ती उर्लाबारीस्थित मोरङ मोडेल आवासीय मावि, पशुपती आवासीय मावि र नेपाल दर्शन कलेजमा उपलब्ध गराईने आयोजक ब्लुम डिजिटल स्टूडियोका संचालक सुदिप भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय