
उर्लाबारी, १ असार । मोरङको दक्षिणी भेगमा रहेको रतुवामाई नगरपालिकाले जनताको सेवा आफ्नै प्रशासनिक भवनबाट प्रदान गर्ने जमर्को कसेको ३ वर्ष वितेको छ ।
३ वर्षको अवधिमा ठेकेदार कम्पनी संचालकहरु विच आएको विवादका कारण प्रशासनिक भवनको काम २० प्रतिशत मात्रै हुन सकेको रतुवामाई नगरपालिकाका इन्जिनियर अङ्कित खड्काले बताउनुभयो ।
पालिकाको भवन निर्माणको जिम्मा पाएको भुमी बिसीपिएल जेवि कन्सट्रक्सन विराटनगर र सो कम्पनीसग संयुक्त उद्यममा सहकार्य गर्ने भुमी ईन्फ्रा विचका कार्यकारी प्रमुख भावेश बोहोरा र भुमि बिसीपिएलका कार्यकारी प्रमुख अविनाश बोहोराका विचमा भएको द्वन्दका कारण भवन निर्माणको कार्य अलपत्र परेको नगरपालिकाले जनाएको छ ।
पालिकाको भवन निर्माणको जिम्मा ९ करोड ४१ लाख ६४ हजार १ सय ७४ रुपैयाको ठेक्का लागतमा २०७८ भदौ २५ मा भुमी बिसीपिएल जेवि कन्सट्रक्सन विराटनगरले पाएको थियो ।
समझौता पश्चात निर्माण कम्पनीले २०७९ असार सम्म काम गरेर सम्पर्क विहिन भएपछि भवन निर्माणको कार्य विचमै रोकिएको हो ।
निर्माण कम्पनीका साझेदारहरु विचको आपसी लफडाले नगरपालिकाको भवन निर्माणको जिम्मा लिएर सम्झौता गरेको पहिलो पक्षका भावेश वोहोरा सम्पर्क विहिन भएपछि भवन निर्माण कार्य अलपत्र परेको नगरपालिकाले सुचना पायो
पालिकाले सुचना पाएपश्चात मेयर नागेश्वर प्रसाद सिह गन्गाईले २०७९ माघमा भुमी विसीपिएल जेवि कन्सट्रक्सन विराटनगरलाई कालोसुचिमा राख्ने प्रक्रिया बढाए ।
मेयर सिहले कालोसुचीको प्रक्रिया अगाडी बढाएको पत्र निर्माण कम्पनीको कार्यालयमा पुगेपछि सम्पर्क विहिन भएको भुमी बिसीपिएल जेवि कन्सट्रक्सन अभिनास बोहोरा पालिकाको सम्पर्कमा आए । उनि सम्पर्कमा आएपछि निर्माण कम्पनीमा साझेदार विचको लफडाले नगरपालिकाको कार्य रोकिएको कारण खुल्यो ।
ठेकेदार कम्पनी विचका साझेदारको लफडाले रोकिएको कार्य अगाडी बढाउन अभिनास बोहोरो प्रतिवद्धता गरे । बोहोराका प्रतिबद्धता अनुसार कम्पनीले २०७९ माघ २८ देखी कामलाई निरन्तरता दिएपनि बैक खाता सयुक्त उद्यममा भएका कारण भुत्तानीमा समस्या हुने भएपछि सोही वर्षको चैत देखी पुनः निर्माण कार्य रोकियो ।
बैक खातामा थपिएको उल्जनलाई सुल्झाउन अभिनास बोहोराले भावेश बोहोरा माथी उच्च अदालत विराटनगरमा मुद्दा हाले । अदालतमा विचाराधिन रहेको मुद्दाको अन्तरिम आदेश २०८० भदौ १३ गते आएपछि नगरपालिकाको भुत्तानीको गाठो फुक्यो ।
कानुनी पक्रियाको बाटो सोझीएपछि अहिले भवन निर्माणको कार्य अगाडी बढीरहेको र एक वर्ष भित्रमा भवन निर्माण सकेर नया भवनबाट सेवा विस्तार गर्ने रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिह गन्गाईले बताउनुभयो ।
भुमी ईन्फ्रा र भुमी विसीपिएलको सयुत्त उधममा रहेको भुमी बिसीपिएल जेविका संचालकहरुको द्वन्दका कारण ३ वर्षमा निर्माण सम्पन्न गरी नगरपालिकालाई भवनको साचो बुझाउनुपर्ने समयाअवधी सकिन २ महिना मात्रै बाकी छ ।
समयमा भवन निर्माण नसकिदा नगरपालिकाले हरेक महिना करिव डेढ लाख रुपैयाका दरले बार्षिक १८ लाख रुपैया भाडा बापत तिर्दै आएको रकमलाई पुनः निरन्तरता दिन बाध्य बनेको छ ।
सयुत्त उद्यममा रहेका निर्माण कम्पनीका विचका साझेदारहरु विचको लफडाले विकाश निर्माणमा प्रतक्ष्य असर पारेको रतुवामाई नगरपालिका एउटा प्रतिनिधी पात्र मात्रै हो ।
यस्ता निर्माण कम्पनीलाई नियमन गर्ने र आपसी द्वन्दका कारण योजना अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई खोजी गरी समयमै उचित कानुनी कार्वाही गरिएन भने देशका धेरै ठाउमा संचालनमा रहेका योजनाहरु अलपत्र पर्ने र योजनाको लागत बृद्धि हुने देखीन्छ ।



