पथरी शनिश्चरे , ५ असार । पूर्वी नेपालको खेलकुदमा उर्भरभूमी मानिएको पथरी शनिश्चरेमा रहेको पथरी-११ फुटबल क्लबले सि डिभिजनमा सहभागी आफ्नो क्लबको उत्पादन खेलाडीहरूलाई आज विशेष कार्यक्रमका बिच  दोसल्ला ओडाई सम्मानपत्र हस्तान्तरण गरिएको छ। सम्मानित खेलाडीहरुमा सि डिभिजन लिग विजेता क्लब बाग्मती युथ क्लव सि डिभिजन बाट बढुवा हुँदै बी डिभिजनमा प्रवेश गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडी सनम धिमाल, उपविजेता क्लव आरसी ३२ फुटबल एकेडेमीका धिरेन बिष्ट, सोसल वेलफेयर युनाइटेड युथ क्लवका निरोज परियार र मनोहरा युनाइटेड क्लवका समीर क्षेत्री रहेका छन्।

कार्यक्रमका सभाध्यक्ष मिन धिमालले गरेका थिए भने प्रमुख अथितिमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा पथरी शनिश्चरे नगर खेलकुद संयोजक दिपक वान्तवा राई र अन्य अथितिहरूमा मनी लुम्फुवा, भीष्म न्यौपाने, दिपक पुलामी मगर र करण याक्खा जिमी रहेका थिए कार्यक्रमको सञ्चालन क्लवका सचिव सुमन बिकले गरेका थिए साथै पथरी -११ का खेलाडीहरूको पनि उपस्थिति रहेको थियो  कार्यक्रम सञ्चालन याक्थुम बेकरीको प्रागण भित्र सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय