उर्लाबारी, ५ असार । मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ का लागि प्रस्तावित बजेट प्रस्तुत गरेको छ ।
बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मिनाकुमारी खतिवडाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको रहेको छ ।
उपप्रमुख खतिवडाले प्रस्तावित गर्नु भएको बजेट आर्थिक वर्ष ०८०÷०८१ को भन्दा ८ करोड ३१ लाख ८१ हजार ५०२ रुपियाँले कमी रहेको छ ।
आव २०८० र ०८१ मा प्रस्ताव गरिएभन्दा ८ करोड ७७ लाख १६ हजार ४७ रुपियाँ मात्र वास्तविक आय गरेको नगरपालिकाले चालु खर्च तर्फ ५६ करोड ८३ लाख ८१ हजार ७१९ रुपियाँ विनियोजन भएकोमा ६३.६८ प्रतिशत अर्थात् ३६ करोड १९ लाख ८१ हजार ५०९ रुपियाँ खर्च गरेको छ ।
यस्तै पुँजीगत खर्च तर्फ ५६ करोड ६४ लाख ४३ हजार २८३ रुपियाँ विनियोजन भएकोमा ५९.०५ प्रतिशत अर्थात् ३३ करोड ७० लाख ५९ हजार ५१५ रुपियाँ खर्च गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ मा २१ करोड ६९ लाख ४४ हजार ११४ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।
चालु आवका लागि नगरले आन्तरिक आम्दानी रु. ९ करोड ९१ लाख ७८ हजार, संघीय सरकार वित्तीय समानिकरणतर्फ रु. १६ करोड २१ लाख, संघीय सरकार विशेष अनुदान तर्फ ३ करोड, बाँडफाँटबाट प्राप्त हुने विज्ञापन कर ३ लाख ७० हजार, वित्तीय समानिकरण प्रदेश सरकारतर्फ रु. १ करोड ३ लाख १८ हजार, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ २७ लाख ७५ हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम ८० लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ४५ करोड ८४ लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ ५८ लाख २ हजार ५ सय, रजिष्ट्रेशन बाँडफाँटबाट २ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदानतर्फ रु. १ करोड ५० लाख, संघीय सरकार बाँडफाँट भई प्राप्त वन रोयल्टी ३७ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर तर्फ रु. १० करोड, जनसहभागितातर्फ १ करोड ९० लाख र आ.व. २०८०÷०८१ को मौज्दाततर्फ ९ करोड गरी जम्मा कुल आम्दानी १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ ।
भने व्ययतर्फ संघीय सरकार सशर्त अनुदानतर्फ रु. ४५ करोड ८४ लाख, संघीय सरकार विशेष अनुदान तर्फ ३ करोड, संघीय सरकार समपुरक अनुदानतर्फ १ करोड ५० लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ ५८ लाख २ हजार ५ सय, सडक मर्मततर्फ ८० लाख, जनसहभागितातर्फ १ करोड ९० लाख रुपैया , चालू तथा प्रशासनिक खर्चतर्फ १४ करोड ९१ लाख ६० हजार, नगर गौरव आयोजनाको लागि १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ रु. २ करोड, भवन निर्माणतर्फ रु. १ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरुतर्फ १ करोड १५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड २५ लाख, मर्मत सम्भार कोषमा रु. १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम २७ करोड ४७ लाख ८१ हजार गरी कुल खर्च १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपैया रहेको छ ।
जसमध्ये कूल चालु खर्चतर्फ ४२ करोड ८१ लाख १० हजार अर्थात कुल खर्चको ४०.७१ प्रतिशत र पूँजिगत खर्चतर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय अर्थात कुल ५९.२९ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८१÷२०८२ का लागि प्रस्तावित निती तथा कार्यक्रमहरुको पुर्ण पाठका जानकारीका लागि छेउको लिङका क्लिक गर्नुहोसः यस्ता छन्ः उर्लाबारी नीति २०८१-८२.