उर्लाबारी, १० असार । उर्लाबारीको चौतर्फी विकास र समृद्धिका लागि अहोरात्र चिन्तन गर्ने उर्लाबारीका पुर्व मेयर खड्ग फागोको पहलमा ल्याइएको ईलाका प्रशासन कार्यालयले आफ्नै स्थायी भवनबाट सेवा दिन थालेको छ ।
उत्तरपुर्वी मोरङको उर्लाबारी नगरपालिका सहित लेटाङ, बेलबारी र पथरीशनिश्चरे नगरपालिका मिक्लाजुङ र कानेपोखरी गाउँपालिकका ३ लाख जनतालाई यस कार्यालयले नागरिकता, राहादनी, राष्ट्रिय परिचय पत्र र सस्था नविकरणको सेवा दिदै आएको छ ।
कार्यालय संचालनका लागि स्थायी संरचनाको अभाव भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका तिर सर्न लागेको यस कार्यालयलाई उर्लाबारीका पुर्व मेयर खड्ग फागो र तत्कालिन ईलाका प्रशासन कार्यालयका प्रमुख श्रवण कुमार पोख्रेलको पहलमा ५ कठ्ठा जग्गा खोजविन गरी पुरानो मंगलबारे बजारमा कार्यालय बनाउने पहल भएपछि भवन निर्माणको कामले गति लिएको थियो ।
४ करोड ९१ लाखको लागतमा प्रशासन कार्यालयको भवन निर्माण सम्पन्न भई आसर ९ गते देखी नया सुविधा सम्पन्न भवनबाट कार्यालयले दैनिक ५ सय सेवाग्राहीलाई सेवा दिईरहेको सहायक सिडियो (कार्यालय प्रमुख) रुद्रप्रसाद न्यौपानेले बताउनुभयो ।
नयाँ भवन निर्माणले पुणर्ता पाए सगै चोकमा रहेको कार्यालय करिव डेढ किलोमिटर उत्तर पुरानो बजार स्थानातरण गरीएको हो ।
कार्यालयको सेवा असार ८ गते मोरङ जिल्लाका सिडियो प्रेम प्रसाद भट्टराईले कानेपोखरी गाउपालिका–२ का ७५ बर्षिया दातु राजबंशीलाई नागरिता दिएर सुचारु गर्नुृभएको हो ।
कुनै बेला पुर्वी मोरङकै पुरानो बजारका रुपमा चर्चामा रहेको ‘पुरानो मंगलबारे’ बजार सुरक्षा चुनौतिका कारण उर्लाबारी–३ को कृष्ण चौक नजिक सरेपछि यहाको चहलपहल घटेको थियो ।
अव सो ‘पुरानो मंगलबारे’ बजारमा कार्यालय निर्माण हुने भएपछि त्यहाका स्थानियमा नया खुसीयाली छाएको र उर्लाबारीको चौतर्फी विकासमा सहयोग पुग्ने उर्लाबारी–२ का वडा अध्यक्ष कुमार कँडेल राजनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय