
उर्लाबारी, ११ असार । उर्लाबारी नगरपालिकाको १२ औं नगरसभाको अवसरमा कर्मचारी, खेलाडी, किसान र पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको छ । सोमबार सम्पन्न भएको १२ औ नगरसभाको अबसरमा उहाहरु पुरस्कृत तथा सम्मानित हुनुभएको हो सम्मानित हुने कर्मचारिहरुमा कृषि शाखाका प्रमुख अधिकृत अम्बिकाप्रसाद लुईटेल, वडा नं ६ का वडा सचिव बालकुमार बराल र कार्यालय सहायक सरिता धिमाल , लाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
सो अवसरमा विभिन्न विधाका खेलकुदमा विशेष योगदान पु¥याउने ७ जनालाई ८ हजार ५ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । भलिबल, एथलेटिक्स, भलिबल, कराँते, महिला फुटबल, ब्याटमिन्टन र फुटबल विधामा क्रमशः उर्लाबारीका वीरवल थापा, हृमन्त लावती, सुशन धिमाल, मानबहादुर थोपरा लिम्बु, पूर्णिमा राई, मेघराज बस्नेत र दीपेन्द्र धिमाल सम्मानित भएका छन् ।




त्यस्तै विभिन्न विधामा उत्कृष्ट कृषक घोषणा गरी नगरभित्रका कृषकलाई पुरस्कृत गरिएको छ । १२ विधाका कृषि क्षेत्रका १२ उत्कृष्ट कृषकलाई नगरपालिकाले सार्वजनिक नगद १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । यसरी पुरस्कृत हुनेमा घाँस खेतीतर्फ विष्णु निरौला, खाद्य बालीमा माधवराज रिजाल, फलफूल बालीमा छविलाल ढकाल, तेलाहान बालीमा लक्ष्मीप्रसाद ढकाल, मौरीपालनतर्फ सूर्यकुमार कटुवाल, च्याउपालनतर्फ डोमादेवी प्रधान, कुखुरापालनतर्फ कृष्णकुमार लामा, कृष्णकुमार लामालाई फलफूलमा सम्मानित गरिएको छ । नविन भण्डारी बाख्रापालनतर्फ, शिला धिमाल माछापालनतर्फ, दीप गाईपालनतर्फ नेम्बाङ एग्रो फर्म सम्मानित भएका छ्न ।
सो अवसरमा नगरका गतिविधि प्रकाशन, प्रसारण तथा सक्रिय सञ्चारमाध्यम र पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो । जसमा न्यू पाथीभरा साप्ताहिकलाई २५ हजार नगद र सञ्चार माध्यमबाट सक्रिय पत्रकार टिका सिम्खडालाई २० हजार नगदसहित सम्मान गरिएको थियो ।
पुरस्कृत पत्रकारहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीलगायतले सम्मान गरेका थिए ।
यस्तै उर्लाबारीका पत्रकार दुर्गाप्रसाद खतिवडालाई ५ हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ ।
असार ५ गतेदेखि शुरु भएको उर्लाबारी नगरपालिकाको उपसभापति मीना खतिवडा पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेपछि समापन भएको छ ।