
शनिबार , १६ असार । शनिबार २१ औँ राष्ट्रिय धान दिवस २०८१ को अवसरमा उर्लाबारी वडा नम्बर २ सिरसझारमा धान रोपाँई कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेश समितीको आयोजनामा सम्मन्न उक्त कार्यक्रममा वृहत धान रोपाँई गरिएको थियो ।




नेपाली कांग्रेस कोशी प्रदेशका सह महामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा किसान महासंघ प्रदेश समिति सभापति राजेन्द्र भट्टराईको सभापतित्व रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी फागोले आफ्नो मन्तव्य राख्ने क्रममा नेताहरुले देशका किसानलाई प्रयोग गरेर आफ्नो राजनितीक स्वार्थ मात्र पुरा गर्दै आएकोप्रति कटाक्ष गर्दै किसानका समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गरे।
यस्तै उनले कृषिमा आधुनिक प्रविधी, मल, बिऊ विजन र सिँचाइको पहुँच सहज रुपमा हुनुपर्ने बताउदै देशका हरेक जनताका आफ्नो बुबाआमापछिको दोस्रो आमाबुबा किसान रहेको बताए । उनले भने,” किसानले कृषि नगरे, उत्पादन हुदैन, उत्पादन नभए संसारमा भोकमारी चल्छ । यसर्थ यो संसारमा मानवको अस्तित्व कायम राख्न महत्वपुर्ण भुमिका निभाउदै आएका हरेक किसानलाई राज्यले सम्मान र प्रोत्साहन गर्दै उनीहरुको वास्तविक समस्या हल गर्न चुक्नुहुदैन । ”
कार्यक्रममा किसान महासंघ प्रदेश समितिका पदाधिकारी, कांग्रेस नगर सभापती सुरेन्द्र लिम्बु, केन्द्रिय महाधिवेशन प्रतिनिधी तथा वडा नम्बर २ का वडाध्यक्ष राजन कँडेल, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दास ,कांग्रेस मोरङ क्षेत्र नम्बर १ की सह सचिव अरुणा थापा, नगर सचिव दिपक भट्टराई, नेपाली कांग्रेस २ नम्बर वडा समितीका सभापती रुद्र बराल, ४ नम्बर वडा सभापती प्रेम याख्यासहित नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुवेच्छुकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।