काठमाडौँ, १८ असार । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू गलत भएको तारा एयरले जनाएको छ ।
सोमबार दिउसो सामाजिक सञ्जालमा एकाएक जहाज सम्पर्कविहीन भन्ने हल्ला फिँजिएपछि यसबारे कम्पनीले एक विज्ञप्ती जारीप गर्दै जहाजको बारेमा जानकारी गराएको हो ।
दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले तरङ्ग ल्याएको हो । तर, वास्तविकता सोमबार कुनै जहाज हराएको छैन ।
तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज-सिमिकोट उडान भरेको जानकारी दिएको छ ।
दिउँसो १ः२७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा रहेको कम्पनीले जनाएको छ ।
यता काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनीले अनाहकमा तनाव बेहोर्नु परेको जनाएको छ । अफवाह फैलाउनेलाई कानुनी कार्वाहीका लागि कम्पनीले तयारी गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
ADVERTISEMENT