
उर्लाबारी, १८ असार । मोरङको उर्लाबारी–६ मा सोमबार साझ टिपरको ठक्करले एक महिलाको मृत्यु भएको छ ।
उर्लाबारी वडा नम्बर ६ की सिता बोहोराको साँझ करिव ६ :४० बजे उर्लाबारी-मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी वडा नम्बर ६ स्थित सिसौली चोकमा टिप्परले ठक्कर दिदा स्कुटरमा सवार बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।




दुर्घटनामा परि स्कुटरमा सवार बोहोराको छोरा समेत घाईते बनेका छन् । उनको टाउकोमा चोट देखिएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।
महिलाको मृत्युपछि पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा आक्रोशित स्थानीयबासीहरुले प्रदर्शन गरिरहेका छन् ।
यस्तै स्कुटरलाई ठक्कर दिएर फरार भएको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।