उर्लाबारी, १८ असार  मोरङको उर्लाबारी–६ मा सोमबार साझ टिपरको ठक्करले एक महिलाको मृत्यु भएको छ ।

उर्लाबारी वडा नम्बर ६ की सिता बोहोरालाई आज साँझ करिव ६ :४० बजे उर्लाबारी-मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी वडा नम्बर ६ को सिसौली चोकमा प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार  बोहोराको घटनास्थलमै मृत्यु भएको थियो ।

स्कुटरलाई ठक्कर दिएर फरार बनेको टिफ्फरलाई प्रहरिले नियत्रणमा लिएको छ । उक्त टिफरको नम्बर प्रदेश ०३ –००१ क १०९० नम्बर रहेको प्रहरिले बताएको छ ।

दुर्घटनामा परि बोहोरा सहित उनका ८ वर्षका छोरा प्रशान्त बोहोरा समेत  घाईते बनेका छन्  । उनको टाउकोमा चोट देखिएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।

महिलाको मृत्युपछि पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा आक्रोशित स्थानीयबासीहरुले प्रदर्शन गरेका छन । हाल  स्थिति सामान्य बन्दै गएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय