
उर्लाबारी, १९ असार । मोरङको उर्लाबारीमा रहेको ईलाका प्रहरी कार्यालयमा ढुङगामुढा भएको छ ।
मोरङको उर्लाबारी-६ मा सोमबार साझ टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार दुई जना मध्ये एक महिलाको मृत्यु भएको घटनालाई लिएर आक्रोशित महिलाका आफन्त र स्थानियबासीले ईलाका प्रहरी कार्यालयमा ढुङगामुढा गरी तोडफोड गरी क्षति पुर्याएका छन् ।
सोमबार साझ पख मधुमल्लाबाट उर्लाबारी तर्फ आउदै गरेको प्रदेश ०३ -००१ क १०९० नम्बर टिफरले सोही दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार उर्लाबारी-६ की २८ बर्षिय सिता बोहोराको घटनास्थलमै मृत्यु भएको थियो । उनका ८ वर्षका छोरा प्रशान्त बोहोरा समेत घाईते बनेका थिए । उनको टाउकोमा चोट लागेको छ । हाल उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भईरहेको छ ।
प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ४२ वर्षीय लालबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमै मृत्यु भएकी बोहोरालाई प्रहरीले मुचुल्का नै नबनाई प्रहरीकै भेनमा हालेर अस्पताल लगेको भन्दै स्थानीयबासीहरु आक्रोशित बनेका थिए ।
आक्रोशित भिडले दुर्घटना स्थलमा रहेका एक जना प्रहरीमाथी कुटपिट गरी घाईते बनाएका थिए ।
सोही जमात साझ पख बिस्तारै ईलाका प्रहरी कार्यालयतर्फ अगाडी बढ्यो र पुर्वपश्चिम राजमार्गको उर्लाबारी चौकमा प्रहरीप्रति आक्रोश व्यक्त गर्दै नाराबाजी सहित प्रर्दशनमा ओर्लियो ।
सो प्रर्दशन सामान्य मात्र बनेन केही समयपछि सो जमातबाट प्रहरी कार्यालयलाई लक्षित गरी ढुङगामुढा प्रहार भयो । रातको समयमा अन्धाधुन्ध बर्सियका ढुङगाबाट ढुङगामुढाले प्रहरीकार्यालयको प्रवेश द्वारमा रहेको डिजिटल होर्डिङ बोर्ड पुणर् रुपमा क्षतिग्रस्त बनेको छ भने प्रहरी कार्यालय परिसर भित्र रहेको पुरानो भवनको केही भागमा रहेका सिसाहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रति आक्रोशित जमातले प्रहरीले घटनालाई गम्भिरतापूर्वक नलिएको, महिलाको शव हतारहतार प्रहरीकै भेनमा हालेर लगेको भन्दै आफन्त तथा स्थानीयबासीहरुले साँझदेखि राति १० बजेसम्म प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा उत्रिएका स्थानीय तथा आफन्तहरुले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गर्नुको साथै पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्ड अबरुद्ध गरेका थिए । उक्त घटनाले उर्लाबारी तनाबग्रस्त बनेको थियो ।
उर्लाबारीसहित आसपासका जनपथ तथा सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरेर राति १० बजे तिर प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड अश्रुग्यास समेत प्रहार गर्नुपरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
दासले भने-‘दुर्घटना स्थलमा प्रहरी पुगेर विवरण लिई सकेपछि महिलालाई त्यहाबाट अस्पताल लैजानका प्रहरीले भेनमा उठाएको हो, यो घटना कुनै शंकास्पद थिएन, यदि शंकास्पद थियो भने हामीले प्रमाणहरु संकलन गर्न स्थानियहरुले भने जस्तै सो क्षेत्रलाई रेखाङकन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो तर घटनाको प्रकृति त्यस्तो थिएन।’
यता मृतक बोहोराको शव अहिले झापाको दमक स्थित दमक अस्पतालको शव गृहमा राखिएको छ । बैदेशिक रोजगारीमा दुबईमा रहेका उनका श्रीमान बुधबार उर्लाबारी आईपुग्ने र आवश्यक कानुनी प्रक्रिया अगाडी बढ्ने स्थानिय प्रेम बोहोराले बताए ।



