हेटौंडा, २१ असार । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेकोले केन्द्रिय सरकारमा आएको परिवर्तन सगै एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने उनले बताए ।
थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेल दुवै काठमाडौंमा छन् । उनीहरु शुक्रबार हेटौंडा फर्किने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय