उर्लाबारी,२१ असार । मोरङको उर्लाबारी नगरपालिका सिप सिकेका व्यक्तिलाई सहयोगी सामग्री वितरण गरिएको छ ।
रोजगार सेवा केन्द्र रेमी परियोजना अन्तर्गत गत बैशाख ९ गतेदेखि जेठ १५ सम्म संचालन भएको उद्यमशीलता विकास तालिम कार्यक्रममा सहभागी भई व्यवसाय सुरु तथा विस्तार गर्न लागेका व्यक्तिलाई सिपमुलक सामग्री उपलब्ध नगरपालिकाले जनाएको छ ।
बिहिबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले उद्यमशीलता विकास तालिम लिएका २० जनालाई विविध सामग्री हस्तान्तरण गर्नुभएको हो।
व्यक्तिको उद्यम व्यवसाय हेरी आवश्यक पर्ने चापकटर, किमा बनाउने मेसिन, सुँगुर बोक्ने रिक्सा, ड्रिल मेसिन, कम्प्रेसर गन, इन्टरलग मेसिन, चाउमिन ममः पकाउने भाँडा, मकै पिस्ने, दाना बनाउने मेसिन, फ्रिज, डिजिटल काँटा, चटपटे ठेला, फेसियल, फेसमिटर र र्याकलगायत सामग्री उपलब्ध गराइएको नगरपालिकाका रोजगार शाखा प्रमुख तारा गुरागाइँले जानकारी दिनुभयो ।
मेयर गंगाप्रसाद खरेलले स्थानीय सम्भाव्यताको पहिचान गरेर तालिम दिइएकाले युवाहरु स्वरोजगार हुनेमा आफु विवश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय