उर्लाबारी, २२ असार । नेपाली काँग्रेसको भातृ संगठन नेपाल भुतपुर्व सैनिक सघको प्रथम नगर अभिवेसन सम्पन्न भएको छ ।
उर्लाबारी-४ स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित प्रथम अधिवेसनबाट उर्लाबारी नगर समिती सभापतिमा शिवहरी कार्की सर्वसम्मत चयन भएका छन् ।
प्रथम अभिवेसनबाट कार्की सहित उपाध्यक्षमा जगत बहादुर श्रेष्ठ, पुष्पा कार्की, सचिवमा राजन सुवेदी, सह-सचिवमा दुर्गा श्रेष्ठ, केशर मान राई, कोषाध्यक्षमा मोताीलाल गौतम, सदस्यहरुमा भक्त बहादुर श्रेष्ठ, विदुर बुढाथोकी, अविकेशर आर्चाय, थेम बहादुर बिष्ट, मान बहादुर धिमाल, नन्दलाल धिमाल, पुष्पबहादुर श्रेष्ठ, पर्शुराम धिमाल, दान बहादुर धिमाल, खुसीलाल धिमाल, ललित बहादुर बानिया र भिम बहादुर चोङवाङ गरी १७ सदस्यि नगर समिती सर्वसम्मत चयन भएको कार्यक्रमका सयोजक ईन्दबहादुर कडेलले जानकारी दिए ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ भुपु सैनिकहरुले २००७ सालको क्रान्तिमा एकताबद्ध भएर प्रजातन्त्र स्थापनामा भुमिका खेलेको भन्दै कार्यक्रमका प्रमुख अथिती नेपाली काग्रेसका कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोले भुपू सैनिको योगदानको प्रशसा गरे ।
कार्यक्रममा नेपाल भुपू सैनिक सघ मोरङका सभापति प्रेम गुरुङ, नेपाली काग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वु, वडा नम्वर-४ का सभापति प्रेम याक्खा लगाएतले शुभकामना मनतव्य राखेका थिए ।


कार्यक्रममा नेपाली काग्रेस उर्लाबारी-५ का सभापति तुलबहादुर कार्की, नगर सचिव राजन रायमाझी, क्षेत्रिय प्रतिनिधी सोमप्रसाद तिम्सीना, नगर सदस्य बवि निरौला लगाएत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय