सुन्दरहरैचा, २७ असार । मोरङको सुन्दरहरैचामा रहेको कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका-१ स्थित कुखुरा फर्मभित्र आज बिहान साढे १० बजे एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।
सुन्दरहरैँचा-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी फर्मका सञ्चालक समेत रहेका थिए । घटनास्थलबाट बञ्चरो र दाउ पनि फेला परेको छ ।
कुखुरा फर्ममा एक दम्पती समेत बस्ने गरेका थिए । उक्त दम्पती फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
ADVERTISEMENT