कास्कि २८ असार । पहिरोमा परेर पोखरामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । गएराती करिब १०:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं-१९ पुरून्चौर तल्लकोट ठाँटीमा पहिरो गई कुल बहादुर परियारको परिवारका सात जनाको मृत्यु भएको छ ।
पहिरोमा परेकाको शव निकाली पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। पहिरोमा परि ४६ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको प्रहरिले जनाएको छ ।