फोटोः नेपाली सेना

काठमाण्डा,ै २८ असार । मुग्लिन-नारायणगढ सडकको सिमलतालमा आज विहान गएको लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ ।
दुई वटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूणर् विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु रहेको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजीको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।
बेपत्ता बस र यात्रुको खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोरसमेत परिचालन गरिएको छ ।
यस्तै वीरगन्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार २४ यात्रुको सुचि भने फेला परेको छ ।
उक्त बसमा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ ।
एन्जलमा सवार यात्रुहरूको सूची यस्तो छ ः

१. जवाहिर महतो, वीरगन्ज (बस चालक)

२. राजेन्द्र केसी, डिलक्स साहु ।

३. चौधरी थरका सह-चालक ।

४. अन्सारी जी समेत २ जना (भारत घर)

५. सन्तोष ठाकुर, भारत

६. सुरेन्द्र शाह, भारत

७. आदित मिया, भारत

८. सुनिल शाह, भारत

९. साहनबाज आलम, भारत

१०. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज-१४ पिपरा)

११. अरबिन्द्र्र दुवे, ठेगाना नखुलेको ।

१२. हरिन्द्र्र पण्डित, ठेगाना नखुलेको ।

१३. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)

१४. परमानन्द जी, बारा मुसहर्वा

१५. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)

१६. सालिम मिया सहित दुई जना (रघुनाथपुर)

१७. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय