ताप्लेजुङ, ८ साउन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लोपोन्मुख बन्यजन्तु सालखको उद्धार गरेको छ ।
सोमबार राति करिब साढे ११ बजेको समयमा फुङलिङ नगरपालिका ७ को ऐश्वर्य चोकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।
स्थानीयबाट सालक फेला परेको खबर पाउन साथ प्रहरीको टोली खटाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएको सालखलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सुरक्षित राखि आज बिहान बनका कर्मचारीलाई जिम्मा लगाइएको छ ।
पाथीभरा सब-डिभिजन बन कार्यालय ताप्लेजुङका कर्मचारी (फरेष्टर) फुपुग्याबु शेर्पा र अम्बिका बिष्टलाई उद्धार गरिएको सालख बुझाइएको प्रहरी निरीक्षक लुङगेलीले बताए ।
यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ । यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ । यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन् । यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ । यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ ।
यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ ।
विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । २ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ ।
सालकको बासस्थानः
सालक मध्य पहाडी क्षेत्रकोे ओसिलो भेकमा पाइन्छ । नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन् । महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरू जस्तै ः धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब र्दुइ फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने गरेका छन् ।
सालकको आहाराः
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । खास गरेरधमिरालाई नियन्त्रण गर्न सक्ने अर्को जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालक विश्वमै लोपोन्मुख प्रजातिको जंगली जीव हो । सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको
सालक लोप हुने कारणः
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्ने गर्दछन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । आईयूसीएनले सालकलाई जोखिमपूणर् र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय