उर्लाबारी, ८ साउन । मोरङको उर्लाबारी-३ की विष्णुमाया दर्जीले ‘विपन्न जनता आवास निर्माण’ कार्यक्रम अन्र्तगत बस्ने घर पाएकी छिन् ।
उर्लाबारी-३ मा एकल महिलाको रुपमा बस्दै आएकी महिलालाई उर्लाबारी नगरपालिका वडा नम्वर-३ ले छनौट गरी पालिकाले घर निर्माण गरिदिएको हो ।
करिव ६ लाख लागतमा निर्माण भएको उक्त घर आज एक कार्यक्रमका विच उर्लाबारी नगरपालिका मेयर गंगाप्रसाद घरेल, उपप्रमुख मिनादेवी घतिवडा र वडाध्यक्ष भिष्मराज बुढाथोकीले संयुक्त रुपमा घरको साँचो विष्णुमाया दर्जीलाई बुझाएका हुन ।
दर्जी उक्त स्थानमा यस अघि जिणर् अवस्थामा रहेको घरमा एक नावलक नातिलाई साथमा लिएर बस्दै आएको वडाध्यक्ष बुढाथोकीले बताए ।
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि विपन्न नगरिकलाई आवास निर्माण गर्ने योजना स्वरुप प्रत्येक वडामा ६ लाख रुपैयाका दरले २/२ वटा घर निर्माण गर्ने योजना ल्याएको भएतापनि बजेट अभावका कारण यस आर्थिक वर्षमा १० वटा घर निर्माण गरेको उपप्रमुख मिनादेवी खतिवडाले बताईन ।
घर हस्तान्तरण गर्दै उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले पालिकामा रहेका आर्थिक अवस्थाले कमजोर र आवास विहिन विपन्न नागरिकलाई आवासको व्यावस्थापन गराउने उद्देश्यका साथ पालिकाले ‘विपन्न जनता आवास निर्माण’ कार्यक्रम अन्र्तगत दर्जीको घर निर्माण गरेको बताए ।
साथै उनले विपन्न नागरिकको आवास निर्माण मात्रै नभएर उनिहरुको स्वास्थ्य उपचारमा समेत नगरपालिकाले निशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालन गरिरहेको समेत बताए ।
करिव ६ लाख रुपैयाको लागतमा निर्माण भएको घरमा २ कोठा र एक भान्सा कोठा रहेको छ । पालिकाले दर्जीलाई घर निर्माण गरेर हस्तान्तरण गरेपनि उक्त घरमा शौचालय, विजुली बत्ति र घरको झ्यालमा सुरक्षाका लागि लगाईने डण्डी भने छैनन् ।
एकल रुपमा बस्दै आएकी दर्जीको घर निर्माण भएपनि घर सहितका अन्य आवश्यक कुराहरु नहुदा उनले पालिकाका मेयर समक्ष थप कुराहरु जोडिदिन अनुरोध गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय