
काठमाडौं, ९ साउन । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाज दुर्घटनामा परहेको छ ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् ।
उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।



