काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रारत यात्रुहरुको शव निकालिँदैछ ।
बुधबार बिहान करिब ११ बजे चालकदलका सदस्य सहित १९ जना सवार
एअरलाइन्सको ९ एन-एएमई जहाज दुर्घटनामा परहेको हो ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राविधिक प्रयोजन परीक्षणका लागि उक्त जहाज पोखरा उडेको थियो ।
जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । अन्यको शव निकालिदै गरेको छ । दुर्घटनास्थलमा अहिले अग्नि नियन्त्रकहरू परिचालन भएका छन् ।
ADVERTISEMENT