
काठमाडौँ, ९ साउन । प्रारम्भीका जानकारी अनुसार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका कम्तीमा १८ जनाको शव निकालेको जनाइएको छ ।
बुधबार विहान करिव ११ बजे त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना हुदा उनिहरुको मृत्यु भएको हो । दुर्घटनापछि अहिले उद्धार जारी छ
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको रहेको छ । उनिहरुको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको जनाइएको छ ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।



