
काठमाडौँ, ९ साउन । नेपाल नागरिक उड्यान प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै बुधबार विहान करिव ११ः११ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको ९ एन-एएमई जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को-पाइलट एस. कटुवाल रहेका छन् भने । जहाजका क्याप्टेन मनिष शाक्यको जीवित उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।
दुर्घटनामा परी मृत्युहुनेहरुको सवैको सनाखत भईसकेको र उनिहरुको उनिहरुको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको जनाइएको छ ।



