
काठमाडौं, ९ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यस बेला शोकमा डुबेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।
विमान दुर्घटनापछि अस्पताल परिसरमा पुगेका मृतकका आफन्त फरेन्सिक विभाग अगाडि भावविह्वल अवस्थामा छन् । उनीहरुमध्ये केही त्यहीँ बेहोस भएर ढलेका थिए ।
विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा एकै परिवारका तीन सदस्य पनि छन् । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मा सहित अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को-पाइलट एस. कटुवालले ज्यान गुमाएका हुन ।
इञ्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा जहाज आज विहान ११ः११ बजे दुर्घटना भएको थियो ।



