
उर्लाबारी, ११ साउन । उद्योग वाणिज्य संघ उर्लाबारीको ३६औं वार्षिक साधारणसभा आगामी भदौ ८ गते हुने भएको छ ।
बिहिबार बसेको संघको पूणर् बैठकले आगामी भदौ ८ गते शनिबार साधारणसभा गर्ने र ९ गते निर्वाचन गर्ने निणर्य गरेको संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।
बैठकले संघका पुर्व अध्यक्ष महेन्द्रजंग तामाङको संयोजकत्वोमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितीको सदस्यमा पुर्व अध्यक्षद्वय चन्द्रबहादुर भट्टराई (भरत) र धर्मराज शाख्य रहेका छन् । निर्वाचन समितीको सदस्यमा धर्मराज शाक्यको नाम आएपनि शाक्यले भने चुनावी प्रतिष्पर्धामा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।
१ हजार ७ सय ५ जना सदस्य रहेको उवास उर्लाबारीमा यसपटकको निर्वाचनमा गत असार मसान्त सम्ममा नविकरण भइसकेका करिव १ हजार २ सय १२ जना सदस्यले मात्रै मतदानको अधिकार पाउने भएका छन् ।
यसैबिच संघको चुनावी सरगम बढेसँगै उम्मेद्वारी दिने क्रम बढ्दो छ । यसपटक नेपाली कांग्रेस समर्थक व्यपारीहरुको तर्फबाट संघका पुर्व वरिष्ठ उपाध्यक्ष तारामान सेरेङले अध्यक्षमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
यस्तै संघका वर्तमान कानुनी सल्लाहकारसमेत रहेका पुर्व वरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने काग्रेस समर्थक व्यापारी भएपनि उवासको टिकट तारामान सेरेङले पाएपछि उनले अध्यक्षमा बागी (स्वतान्त्र) उम्मेदवारी दिएका छन् ।
यस्तै नेकपा एमाले समर्थक व्यपारीहरुको तर्फबाट भने आधिकारीक उम्मेद्वार टुङ्गो लागेको छैन् ।
पार्टीले उम्मेदवार टुङगो नलगाएपनि बजारमा भने संघका वर्तमान उद्योग सचिव डिल्ली खतिवडा र पुर्व महासचिव राम थापाको नाम चर्चामा आएको छ । एक स्रोतका अनुसार नेकपा एमाले र कांग्रेस समर्थक व्यापारी विच सहमतीको सम्भावना रहेका कारण नेकपा एमालेले यहिले नै उम्मेदवारका बारेमा छिनोफानो नगरेको बताएको छ ।
अन्य पदमा भने संघको वरिष्ठ उपाध्यक्षमा ज्ञानु श्रेष्ठ, महासचिवमा नुतन राई (पिके), कोषाध्यक्षमा दशरथ यादव (बेचन) र सदस्यमा दिपक कार्कीले समेत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।



