विराटनगर, ११ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने संकेत गरेको स्रोतले बताएको छ । मन्त्री कार्कीले हटाउने संकेत गरेपछि कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र आजै बाहिरिने भएको स्रोतलले बतायो ।
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निणर्यमा पुगेको हो ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री गणश उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन ।
माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय