काठमाडौं, १२ साउन । गत साउन ९ गते त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले आज सम्ममा बुझेका हुन् ।
अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् ।
विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने स्रोतको भनाइ छ ।
केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पतालले जनाएको छ ।
साउन ९ गते पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनको मृत्यु भएको थियो। विमान चालक घाईते बनेका थिए घाईते चालकको हाल काठमान्डौ मेडिकल कलेजमा उपचार भईरहेको छ ।
ADVERTISEMENT