उर्लाबारी, १२ साउन । शनिबार मोरङ जिल्लाको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउपालिकाको रमिते डाडा घुमेर फर्किने मोटरसाइकल दुर्गटनामा परि एक बालिकाको मृत्यु भएको छ।
शनिबार दिउसो करिव ३ :१० बजेको समयमा मिक्लाजुङ गाउपालिका वडा नम्बर १ झण्डे डाडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रीत हुदा मोटरसाइकलमा सवार मोरङको बेलबारि नगरपालिकाको धिमाल परिवार को ३ जना सदस्य दुर्घटनामा परेका हुन ।
रमिते टाँडि भित्रि सडक खण्डमा बा. २७ प. १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा १३ वर्षीया बालीकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार बेलबारी नगरपालिका वडा नम्बर १ का ३७ वर्षिय सुनिल कुमार धिमाल, उनकी ३५ वर्षीया श्रिमती चन्द्रमाया धिमाल र १३ वर्षिय छोरी सुस्मिना धिमाल घाईते बनेको सुचना पाउनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरीको टोलीले घाईतेहरुलाई उपचारको लागी उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेकोले उनको उपचारको क्रममा दिउसो ३:४५ बजे निधन भएको हो ।
यता सुस्मिनाको बुबाआमा दुवैको अरनिको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरिले जनाएको छ ।
उक्त मोटरसाईकल अनियन्त्रीत भई बाटोभन्दा अन्दाजी ७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । बालिकाको शवलाई पोष्टमार्टमको लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।