उर्लाबारी, १२ साउन । आगामी भदौ ८ र ९ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा नेकपा एमाले समर्थक व्यवसायीहरुको तर्फबाट राम थापा उम्मेदवार बनेका छन् ।
शनिबार सम्पन्न नेकपा एमाले उर्लाबारी नगर कमिटी सचिवालयको बैठकले संघका पूर्व महासचिव थापालाई अध्यक्षको उम्मेद्वार र सघको महासचिवमा सम्झना खतिवडालाई उम्मेदवार बनाउने निणर्य गरेको नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले बताए ।
नगर अध्यक्ष बाँस्तोलाको अध्यक्षतामा एमाले समर्थक व्यवसायी सम्मीलित बैठकले थापा र खतिवडालाई उम्मेद्वार बनाउने निणर्य गरेको संघका वर्तमान सदस्य नितम चौहानले जानकारी दिए ।
ADVERTISEMENT