उर्लाबारी, १५ साउन । मोरङको उर्लाबारी नगरपालिका-३ मा युवती मृत फेला परेकी छिन् ।
उर्लाबारी-३ मंगलबारे रामनगर टोलमा घर भएकी २० वर्षिया पुजा यादव आफ्नै घरमा सलको पासो लगाएर झुडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार विहान करिव १०ः१५ बजेको समयमा पुजा झुडिएको अवस्थामा फेला परेपछि उनका श्रीमान धिरज यादवले प्रहरीलाई खवर गरेका थिए ।

विहान करिव ९ बजे सम्म घरआगनै हिडडुल गरीरहेकी यादव त्यसको केही समयपछि घरमै पासो लगाएर देहत्याग गरेको अवस्थामा फेला परेको स्थानियहरुले बताए ।
भारतको विहान घर भएकी यादव १५ महिना अघि धिरज सग विबाह गरेर नेपाल आएकी थिईन । नेपालमा बिबाह गरेर आएपनि उनी राम्रो सग नेपाली बोल्न नजान्ने र लामो समय देखी माईतमै बस्दै आएकी पुजा २ महिना अघि मात्रै नेपाल आएर बस्न थालेको पाइएको प्रहरीले जनाएको छ।
शवको पोष्टमार्टमका लागि दमक स्थित दमक अस्पताल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय