उर्लाबारी, १६ साउन । मोरङको उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघ छेउको घरमा छुरा प्रहार भएको छ । मंगलबार साँझ करिव ७:२० बजे स्थानिय सुवास लामाले आफ्नै घरमा वडा नम्बर ४ आईतबारेका २१ वर्षिय कुशल दाहाललाई छुरा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

प्रहरीकाअनुसार छुरा प्रहारबाट गम्भिर घाईते बनेका दाहाललाई उपचारको लागि तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो ।

गोदावरीमा उनको उपचार सम्भव नभएपछि अस्पतालले दमकस्थित लाईफ लाइन अस्पताल रिफर गरिएको थियो । लाईफ लाइनमा समेत उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि झापास्थित वि.एण्ड.सी. अस्पताल लगिएको प्रवक्ता बस्नेतले बताए ।

प्रहरीकाअनुसार छुरा प्रहारबाट दाहालको पेटमा गम्भिर चोट लागेकोले उनको स्वास्थ्य अवस्था जटिल देखिएको थियो । उनको बि.एण्ड.सी.मा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रवक्ता बस्नेतले बताए ।

यता छुरा प्रहर गरि फरार भएका ३५ वर्षिय लामाको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रवक्ता बस्नेतकाअनुसार अपराधिक पृष्ठभुमीका लामा यसअघि करिव ८ वर्ष कैद सजाय भोगेर केहि समयअघि मात्रै रिहाई भएका थिए ।

यस्तै प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय