पथरी, १६ साउन । मोरङको पथरीशनिश्चरेमा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने उदेश्यले प्रहरीले लापसे परीक्षण सुरु भएको छ ।
लापसे परीक्षण सुरु भएकै दिन मंगलबार ११ जना युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
लागू पदार्थ सेवन गरेको कारण पक्राउ १७ वर्ष देखी २७ वर्ष सम्मका ४ जना युवती र ७ जना युवा रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।
पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे १ का ४ जना, २ नं. वडाका १ जना, ३ को २, ९ नं. वडाका १ जना, १० को २ जना र झापा दमकको १ जना रहेको इलाका प्रहरी कार्यालय पथरीले जाएको छ ।
संकास्पद ती व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
डीएसपी दाहालले लागू पदार्थ नियन्त्रण गर्न दुई जना इन्स्पेक्टरसहित ६ जनाको एन्टि ड्रग स्क्वाट .(एडीएस)ं टिम गठन गरेर लपसे परीक्षण सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय