धनगढी, १६ साउन । धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिले निः शुल्क रगत पाउने भएका छन् ।
धनगढी उपमहानगरपालिका नगरवासीको उपचारको क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धत गराउन धनगढी उपमहानगरपालिकाले मङ्गलवार रेडक्रस शाखा धनगढीसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार धनगढी उपमहानगरपालिका भित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् । नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको मेयर गोपाल हमालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय