
विराटनगर, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार क्रियाशिल रहेको बताएका छन् ।
नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा बोल्दै उनले सरकार स्वास्थ क्षेत्र प्रति संवेधनशिल रहेको बताए ।
ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले सरकारले जनताको घर-घरमा स्वास्थ्य सेवा पुर्याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन सङ्घलाई आग्रह गरे ।
उनले सरकारी स्वास्थ्य संस्थाको जीणर् रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य शुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा नै जानकारी प्राप्त भएमा दोषिलाई कारवाही गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विचार राखे ।
चिकित्सकहरुले भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उनले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिदै भौतिक सुरक्षामा भने कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चिकित्सक सघ नेपालको पुरानो संस्था भएकाले यो संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोे बताउदै उनले कोशी प्रदेशलाइ स्वास्थको हब बनाउन सकिने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलव्ध गराउनु पर्ने सुझाव दिए ।
सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सङ्घका नव निर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरी लगायत समितिका पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गरेका थिए ।



