काठमान्डौ, १७ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ ।
शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएपछि काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरेको हो ।
पाइलट शाक्य सामान्य हिँडडुल गर्न सक्ने भएका कारण उनलाई डिस्चार्ज गर्न लागेको अस्पताल प्रशासनले जनाएको छ । यद्यपी, हड्डी भाँचिएका कारण फलोअप गरिरहनु पर्ने भएको छ ।
अस्पतालले डिस्चार्ज लिन सक्ने बताएता पनि शाक्यको परिवारले भने निणर्य लिइ नसकेको बुझिएको छ ।
जहाज दुर्घटनामा परी शाक्यको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको थियो । साथै ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएको अस्पतालले जनाएको छ ।
गत बुधबार विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय