उर्लाबारी, १७ साउन ।  मोरङको उर्लाबारी नगरपालिकाले मौरी पालक कृषकलाई कृतिम आहारा प्रदान गरेको छ ।
मौरिपालनलाई थप व्यवसायीक बनाउन र उत्पाकत्व बढाउनका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृतिम आहारा प्रदान गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
वर्षायामको समय मौरीका लागि आपतकालीन समय भएका कारण नगरभित्रका ५३ जना व्यावसायिक मौरी पालक कृषकका लागि ३ हजार ४ सय केजी स्वदेशी उत्पादनको चिनी र पाँच सय केजी सातु प्रदान गरिएको नगरको कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जानकारी दिए।
पराग र पुष्प रसको अभावमा जीवन नै संकटमा पर्ने भएकाले मौरी पालक कृषकलाई भरथेग गर्नका लागि कृत्रिम आहारा उपलब्ध गराइएको हो । सेरेना जातको मौरीको व्यावसायिक पालन नभएको र मेलिफेरा जातको मौरीलाई आधुनिक घारमै पाल्ने भएकोले कुत्रिम आहार सेचन गराउन सहज हुने नगरपालिकाका कृषि अधिकृत मनिष भट्टराईले बताए ।
कृषकहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेल तथा नगर उपप्रमुख मीना खतिवडा पौडेलले संयुक्त रुपमा कृत्रिम आहारा वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय