उर्लाबारी, १८ साउन । बिहिबार  राति मोरङ जिल्लाको पर्यटकीय क्षेत्र रमितेबाट उर्लाबारी  फर्किने क्रममा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको छ ।

बिहिबार राति १०:४५  बजेको समयमा मिक्लाजुङ गाउपालिका वडा नम्बर १ रमिते बाट उर्लाबारी तर्फ आउदै गरेको को ३३प २११३ नमबरको मोटरसाईकल मधुमल्ला बसस्टेन छेउमा  अनियन्त्रित भई दुर्घटना हुदा माेटरसाईकल चालक  उर्लाबारी नगरपालिका  वाड न: ७ का खगेन्द्र  लिम्बु घाईते भएको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

शरिरका विभिन्न भागमा चोटपटक लागेकोले उनलाई तत्काल उपचारको लागि  उर्लाबारी स्थित अरनिको हस्पिटल लगिएको थियो । त्यहा उपचार सम्भव नभपछि थप उपचारका लागि बिएण्सि अस्पताल बिर्तामोड लगिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय